फेवातालमा डुबेर एक जनाको मृत्यु

पोखराको फेवातालमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ ।

दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका-१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो ।

उनी फेवातालमा डुबेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि पुगेको थियो ।

५ बजेर २१ मिनेटमा उनलाई उद्धार गरेर पश्चिम क्षेत्रीय अस्पताल पठाएको र उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation