पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन्।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

उनले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुनुहुन्छ भन्नेमा कम्युनिष्टहरु सबै सहमत रहेको बताए। उनले माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रूपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको बताए।

उनले सामन्तवादको विरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरु विरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गरेको बताए।

उनले भने, ‘माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो। त्यो कम्युनिष्ट पार्टीका सन्तानका रुपमा आज नेपालमा लाखौँ, लाख श्रमीक जनता खडा छन्, यो पुष्पलालको विशेष योगदान हो। पुष्पलालले दुई वटा प्रवृत्तिको बिरुद्धमा निरन्तर संघर्ष गरेका छन्। त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ। खासगरी सामन्तवादको विरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरु विरुद्धको संघर्ष यो दुई वटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ। वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको बिरुद्धमा झण्डा उठाउनुभएको छ र लड्नुभएको छ। पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ। पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ।’

महासचिव चन्दले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी रहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation