नेकपा एसको महाधिवेशन : आज नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने

नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ।

बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने भएको हो। ती दस्तावेजबारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको छ।

सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरिनेछ। त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ। महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ।

महाधिवेशन बिहीबार समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation