उर्लिएको नारायणीमा हामफालेर एक पुरुष बेपत्ता

२३ असार, चितवन

नारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबा बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएका हुन् ।

पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान खुलेको छैन । पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ ।

हामफालेपछि पुलमा उनले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् । पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation