नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि ११ बजे शपथ लिने

नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बिहान ११ बजे शपथ लिने भएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आजै अपराह्णमा प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation