
९ साउन, काठमाडौं
बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ।
९ साउन, काठमाडौं
बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ।
एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, शर्माका श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान गएको हो।
आफू पोखरा जाने भएपछि शर्माले श्रीमती र छोरालाई पनि सँगै लगेका बुझिएको छ।
पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी प्रिजा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिवको सचिवालयमा कम्युटर अपरेटरको रुपमा कार्यरत थिइन्।
मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन्।
विमान चालक मनिष शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको छ।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation