बागमतीकाे मन्त्रिपरिषद् विस्तार, मन्त्रीहरूले लिए शपथ

बागमती प्रदेशमा भागबण्डा मिलाउन फेरि मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ। आज मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट चार मन्त्री थप्दै १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका हुन्। उनीहरुलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएका छन्।

जसअनुसार मुख्यमन्त्री लामाले हरि प्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमला ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यस्तै कांग्रेसका अरु मन्त्रीहरुले पनि जिम्मेवारी पाएका छन्। कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउँदा श्याम खड्काले खानेपानी ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी पाएका छन्। कांग्रेसका सांसद मदुकुमार श्रेष्ठ विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन्।

कांग्रेसमा मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न नसक्दा अब एक मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation