भवन भत्किँदा ४ जनाको मृत्यु

रुसको निज्नी टागिल शहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ।

रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको शहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त दुर्घटना भएको बताइएको छ।

भग्नावशेषबाट सात बालबालिकासहित १५ जनाको उद्धार गरिएको छ। घटनापछि निजनी तागिलको ज्र्जिन्स्की जिल्लामा संकटकाल घोषणा गरिएको छ। सुरक्षाका मापदण्ड पूरा नगर्ने सेवा वा कामको प्रावधानलाई लिएर अनुसन्धान समितिले फौजदारी मुद्दा चलाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation