०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, अब म जनतामा जान्छु : प्रचण्ड

२३ साउन, काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफू प्रधानमन्त्री नबन्ने बताएका छन्।

पार्टी कार्यालयमा बुधबार आयोजित माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब आफ्नो प्राथमिकता सरकारभन्दा जनता रहेको बताए।

‘कतिपयलाई लाग्ला मौका मिल्नेवित्तिकै प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ कि भन्ने अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न।’ प्रचण्डले भने, ‘०८४ सम्म जनतामै जाने, पार्टी नै बनाउने, पार्टीलाई जिताएरै छाड्ने संकल्प मैले लिएको छु। प्रधानमन्त्री अब पुग्यो अहिलेलाई।’

आफूहरू सरकार खोज्दै नहिँडे पनि सरकार आफूहरूलाई खोज्दै आउनसक्ने उनले बताए।

‘हामी त सरकार खोज्दै हिँड्दैनौँ, जनता कार्यकर्ता खोज्दै देशभर हिँड्छौँ।’ प्रचण्डले भने, ‘तर सरकार नै हामीलाई खोज्दै आउँछ कि भन्ने डर छ।’

उनले संविधान संशोधन कुराले आफूहरू नआत्तिएको भन्दै अग्रगमनका लागि संशोधन गर्न

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation