आर्थिक समृद्धिमाे अभियानमा युवाहरु जिम्मेवार बनाैँ – तुलसीराम

२६ साउन, कमिरेचौर

बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले अग्रज पुस्ताले गरेको राजनीतिक परिवर्तनलाई सस्थागत गर्दै आर्थिक समृद्धिमार्फत जनताको जीवन बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्  ।

अखिल क्रान्तिकारी बङ्गलाचुलीको दोस्रो पालिका सम्मेलन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । हजारौं जनताको बलिदानीपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै अध्यक्ष पुनले यसलाई थप बलियो बनाउदै जनताको घरघरमा परिवर्तनको अनुभूति गराउन आर्थिक समृद्धिको अभियान घनिभूत बनाउनुपर्ने बताए ।

उनले आफ्नो पालिकामा पूर्वाधार विकासलाई गति दिदै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई जोड दिदै लगेको बताए । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहनुभएका पुनले माओवादी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको मूल नीतिका आधारमा देशव्यापी अभियान घनिभूत बनाएर लैजाने बताए ।

अखिल क्रान्तिकारी बङ्गलाचुली गाउँपालिका संयोजक मधुसूदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन समिति संयोजक नरेन्द्र केसी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव सुदर्शन पुन, प्रदेश सचिवालय सदस्य प्रतीक अधिकारी, जिल्ला संयोजक गिरबहादुर महरा, माओवादी केन्द्रका जिल्ला सदस्य नारायण डांगी, बङ्गलाचुली ३ का वडा अध्यक्ष शोभाराज बिश्वकर्मा, प्रेस सेन्टर दाङका कोषाध्यक्ष जीवन नेपाली, अखिल क्रान्तिकारी दाङका कार्यालय सदस्य हिमाल महरा र गोविन्द मल्लले शुभकामना दिए ।

कार्यक्रम सहजीकरण सिर्जना बिश्वकर्माले गरेकी थिइन् ।सम्मेलनले सचिन परियारको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका समिति चयन गरेको छ । जसमा उपाध्यक्ष सृजना बिश्वकर्मा, जया थापा र दुर्गाबहादुर परियार, सचिव थम्मन परियार, सहसचिव मीना डाँगी, ममता रावत, हिमाल नेपाली र कोषाध्यक्षमा दीपशिखा ओली रहनुभएको छ । सम्मेलनले पालिका इन्चार्जमा मधुसूदन गिरीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation