भ्रष्टाचारी जोगाउन कांग्रेस-एमाले सरकार बनेको हो : नारायणकाजी

१ भदौ, काठमाडौं

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन्।

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरु बेदाग भएर सरकारबाट निस्किएको बताए।

उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरुका लागि महत्वपूर्ण रहेको बताए। उनले इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकताबद्ध, सुदृढ गर्ने रहेको बताए। पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरि गोलबन्दी हुनुपर्ने बताए। पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको बताए।

उनले भने ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ। अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छँदैछ। हामीले भन्नु पनि पर्दैन। भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक, सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation