Pranmancha

Advertisment

SKIP THIS

माओवादी स्थायी कमिटी बैठकको ५ बुँदे सर्कुलर

भदौ ५ देखि असोज ३ गतेसम्म परामर्श समितिको बैठक

३ भदौ, काठमाडौँ

६ दिनसम्म बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निष्कर्षअनुसार नेकपा माओवादी केन्द्रले आइतबार ५ बुँदे सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा साउन २५, २६, २७, २८, ३० र ३१ गते सम्म स्थायी समितिको बैठक बसेको थियो ।

सोही बैठकमा भएका छलफलका विषयहरूको जानकारी एवम् निर्णयहरूको कार्यान्वयनका लागि भन्दै अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा मातहतका कमिटीमा सर्कुलर जारी गरिएको हो ।
मुलुकको  वर्तमान परिस्थिति, वैचारिक–राजनीतिक तथा सङ्गठनात्मक कार्यभार र पार्टी पुनःर्निमाण लगायतका  विषयमा केन्द्रित बैठकमा अध्यक्ष प्रचण्डले विद्यमान समस्या र चुनौतीहरूको सम्बोधनका लागि बैठकमा  खुलेर छलफल गर्नाका लागि सबै नेताहरूलाई आग्रह गरेका थिए ।

सो क्रममा प्रचण्डले अप्रत्याशित रूपमा असार १७ गते मध्यरातमा कांग्रेस र नेकपा एमालेका नेतृत्वबिच भएको सरकार परिवर्तनको सहमतिमा भ्रष्टाचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टहरूलाई बचाउने नियत प्रस्ट देखिएको बताएको सर्कुलरमा उल्लेख रहेको एक नेताले बताए  ।

यस्तै संविधान संसोधन गर्ने भनेर भनिएका विषयहरू सुन्दा दश बर्षको जनयुद्ध र बृहत् शान्ति  सम्झौता पश्चात प्राप्त संघीय लोकतान्त्रीक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक– समावेशी  लगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने सङ्केत देखिने पनि उनको भनाइ थियो ।

यस्तै पार्टीको आठौँ महाधिवेशनबाट पारित “२१ औँ शताव्दिमा समाजवादको नेपाली बाटो” मा उल्लेखित कार्यदिशा नै अहिलेको सन्दर्भमा सही र  बस्तुसम्मत कार्यदिशा रहेको निष्कर्ष बैठकले निकालेको पनि सर्कुलरमा उल्लेख छ।

कार्यदिशाले माग गरे अनुसार यस बिचमा सदन र सरकार मार्फत पार्टीले अपनाएका कार्यक्रम तथा  कार्यनीतिहरू कतिपय कमीकमजोरीका बाबजुद मूलभूत रूपमा सही रहेको माओवादीले निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी निर्माणको लागि निजी स्वार्थ केन्द्रित गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई दुरूत्साहित गर्दै  पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै लैजानु पर्ने निष्कर्ष निकालेको पनि सर्कुलरमा उल्लेख छ।
यस्तै तत्काल पार्टी एकता हुन  नसकेमा अन्य बाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिनुपर्ने पनि माओवादीले निष्कर्ष निकालेको छ ।

यस्तै पार्टी केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा, पार्टी केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका  बिचमा व्यापक छलफलको लागि परामर्श बैठक बस्ने निर्णय भएको पनि सर्कुलरमा उल्लेख छ ।

जसअनुसार ५ असोज ३ गतेसम्म प्रदेश तहमा उक्त परामर्श तहको बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation