संसदीय समितिले थाल्यो रवि लामिछानेसँग सोधपुछ

७ भदौ, काठमाडौं

सहकारीको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिन सुरु गरेको छ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई समितिले सोधपुछका लागि बोलाएको हो।

समितिले हालसम्म सहकारी हिनामिना प्रकरणमा जोडिएका ४९ जनाको बयान लिइसकेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। तीमध्ये २२ जनालाई विभिन्न जेलबाट झिकाएर बयान लिइएको उनले बताए।

समितिले बयान सँगसँगै उपलब्ध प्रमाणहरूका आधारमा प्रतिवेदन लेखन कार्य पनि अघि बढाइरहेको छ । आगामी भदौ २३ गते भित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको समिति सदस्य दाहालले बताए ।

गत जेठ १५ गते बनेको छानबिन समितिलाई काम सुरु गरेको मितिले ३ महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिले जेठ २३ गते पहिलो बैठक बसेर काम थालेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation