माओवादी केन्द्रको परामर्श बैठक आजदेखि सुरु

नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक आजबदेखि गण्डकीको पोखरामा सुरु भएको छ ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, काठमाडौं उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक भइसकेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गरेका छन् ।

सबै प्रदेशहरुको परामर्श बैठक सकिएपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तयार पार्ने माओवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation