
प्युठानमा चट्याङ लागेर पाँच जना घाइते भएका छन ।
सोमबार बेलुका करिब साढे ५ बजे तिर एक्कासि चट्याङ परेपछि स्थानीय ४ जना महिला र एक पुरुष गरि ५ जाना घाइते भएका हुन ।
झिमरुक गाउँपालिका वडा नम्बर २ कमेरेपानी बस्ने २० बर्षिय बिपना परियार सोही ठाउँकि १४ बर्षिय सन्ध्या परियार, ३२ बर्षिय सरस्वता एमसी, ११ बर्षिय सन्जय जिसी र २१ बर्षिय गिता एमसी घाईते भएकाे झिमरुक गाउँपालिका- २ का वडा अध्यक्ष कृष्ण प्रसाद पाेख्रेलले जानकारी दिए ।