सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सभामुखद्वारा प्रमाणित

१२ भदौ, काठमाडौँ

सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन्।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले  ‘बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित  गरेका हुन्।

सो विधेयक सङ्घीय संसद्का दुवै सदनबट पारित भइसकेको छ। गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो।

सभामुखले प्रमाणित गरेको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation