हाइड्रोपावरबाट तार चोरी गर्ने तीनजना पक्राउ

१५ भदौ, पर्वत

हाइड्रोपावरमा स्टोर गरिराखेको तामाको तार चोरी गरेको आरोपमा  जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा बस्ने २९ वर्षीय सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने ३७ वर्षीय विकास खवास र वडा नं. १५ खाल्टेमसिना बस्ने वर्ष २६ वर्षीय निशान दर्जी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत साउन १२ गते रातिपोखरा महानगरपालिका–१४ मझेरीपाटन गोर्खा भिलेज स्थित सिभिल हाइड्रोपावर स्टोर्सबाट तार चोरी भएको थियो।

कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के।भी। ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्डर पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख बराबरको सामान चोरी भएको थियो। पोखरा महानगरपालिका-१४ चाउथेमा तारको बाहिरी पत्र फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation