पत्रकार महासंघको निर्वाचन ५ असोजमा

महासंघमा केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन हुने विधानमा व्यवस्था छ । तत्कालीन अध्यक्ष गोविन्द आचार्यको पालादेखि महासंघले प्रत्यक्ष निर्वाचन जाने निर्णय गरेको थियो । जसअनुसार सबै तहका निर्वाचन एकै दिन हुन्छ भने सबै साधारण सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ ।

यसपटक महासंघले शुद्धिकरण गरेर सदस्य संख्या घटाएको छ । यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने महासंघको विश्वास छ ।

‘महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल र अलमल देखिन पुगेको स्पष्ट पार्न चाहन्छु । घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु’– अध्यक्ष पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको छु ।’

समग्र नेपाली पत्रकारिता जगत संकटको घेरामा परेको बेला महासंघको नेतृत्व समयमै चयन भई आइपर्ने सबैखालका चुनौती सामना गरेर समग्र नेपाली सञ्चार क्षेत्रकै नेतृत्व लिनुपर्ने आवाज आफैंमा महत्वपूण भएको उल्ले्ख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘केही अप्ठ्याराहरूका बीच पनि महासंघ आफ्नो उद्देश्य र गन्तव्यमा प्रष्ट रहेको विश्वास दिलाउन चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation