
सरकारले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त बनेको सो पदमा जान करिब एक दर्जन सचिवहरू आकांक्षी थिए । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको तथ्यांक कार्यालयका सचिव दुवाडीलाई गृह सचिव बनाएको हो ।
सम्भवत: आइतबारदेखि उनले कार्यभार सम्हाल्नेछन् ।