मोटरसाइकल र साइकल ठोक्किंदा एकको मृत्यु

 

मोटरसाइकल दुर्घटना र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोक्किएका थिए ।

दुवै चालकहरु घाइते भई उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएकोमा साइकल यात्रीको  आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका-१ नारायणचोकका ४७ वर्षीय सुरेश चौधरी रहेका छन् । उनको शव मीम अस्पताल भैरहवामा राखिएको छ ।

मोटरसाइकल चालक नवलपरासीको प्रतापपुर गाउँपालिका -२ गोपीगंजका १७ वर्षर्षीय किशोर घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation