आगोमा जलेर १ जना गम्भीर घाइते

२४ भदौ, सर्लाही

सर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन्।

चुरोटको ठुटोबाट सल्किएको आगोमा जलेर सोही ठाउँका ४२ वर्षीय परीक्षण महतो गम्भीर घाइते भएका हुन्।

शरीरको कम्मरमाथिको ६० प्रतिशत भाग जलेर घाइते महतोको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले जनाएको छ।

राति महतो आफैले कोठाभित्र चुरोट पिएर फाल्दा नजिकै पानीको बोतलमा राखिएको पेट्रोलमा परेर आगलागी भएको हो। तत्कालै घरका मानिसले शरीरमा पानी खन्याएर महतोको उद्धार गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation