लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

२६ भदौ, काठमाडौं

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले मंगलबार राजीनामा बुझाएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए। उनको राजीनामा स्वीकृत हुन बाँकी नै छ।
बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा १ बाट निर्वाचित कुर्मी गत साउन ९ गते मन्त्री नियुक्त भएका थिए।

मन्त्री नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । उनीमाथि नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुर निवासी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेको र सम्पत्ति हत्याएको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation