दाजुले गरे भाइको हत्या !

२९ भदौ, काठमाडौं

झापाको शिवसताक्षी नगरपालिका ८ मा दाजुले भाइको हत्या गरेका छन्। शितलचोक निवासी नारायण सिटौलाले शुक्रबार राति भाइ रामप्रसाद सिटौलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ खाएर झगडा गर्ने क्रममा नारायणले दाउराले हानेर भाई रामप्रसादको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। नारायणलाईपक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation