छुरा प्रहार गरी प्रेमिकाको हत्या

२९ भदौ, काठमाडौं

झापाको अर्जुनधारा नगरपालिका-६  बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी युवतीको हत्या गरेका छन्।

कैलाली गौरीगङ्गा नगरपालिका-३ बस्ने २० वर्षीय अनिल विकले इलामको सूर्योदय नगरपालिका-१० फिक्कल घरभई बिर्तामोडमा बस्ने १९ वर्षीया मनीषा लोहारको मृत्यु भएको हो। प्रेमिका मनिषालाई अनिलले शुक्रबार साँझ बिर्तामोड शनिश्चरे रोडस्थित  महानन्द चोकमा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। युवकलाई  पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation