रुखले च्यापेर प्युठानमा एक जनाको मृत्यु

जिल्लाको माण्डबी गाउँपालिका-२ मर्कावाङमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । स्थानीय दुर्गा बहादुर बि.क.को घरमा रुख ढलेर च्याप्दा उनका छोरा १६ वर्षीय विशाल बि.क.को मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिनले छाएको कच्ची घर नजिक रहेको रुख अविरल वर्षाका कारण ढली घरमाथि पर्न जाँदा घर भित्र सुति रहेका विशालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार प्यूठान पठाईएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation