संविधानले जनयुद्ध चिन्दैन : न्यौपाने

३१ भदौ, काठमाडौँ 

नेकपा एमालेका योगेश भट्टराईले माओवादी ‘सशस्त्र द्वन्द्व’ लाई प्रतिनिधिसभामा ‘हिंसा’ भनेको विरोधमा माओवादीले संसद अवरुद्ध गर्दै आएका वेला राष्ट्रियसभामा नेकपा एमालेकी भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताएकी छन्।

सोमवार राष्ट्रियसभामा उनले संविधानले जनयुद्ध नचिन्ने बताएकी हुन्। उनले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो कि होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताइन्।

उनले संविधानले ‘सशस्त्र द्वन्द्व’लाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने माग गरिन्। उनले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्ने कुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राखिन्।

‘अहिले धेरै पटकसम्म यो जनयुद्ध हो कि होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको पायौँ। हामीले संविधानले के चिन्छ, त्यही कुरा बोल्ने र गर्ने हो। संविधानले जनयुद्ध भनेर चिन्दैन‚’ उनले भनिन्, ‘संविधानले चिनेको भनेको सशस्त्र द्वन्द्व हो‚ सशस्त्र द्वन्द्व नै भनेर हामीले बुझौँ। तर हामीले चिनेको संविधान हो। संविधानमा सशस्त्र युद्ध भनिएको छ। त्यसैले हामी संविधानले चिनेको शब्द नै प्रयोग गरौँ।’

सांसद न्यौपानले चाडबाडलक्षित अनुगमन प्रभावकारी बनाउन आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation