चक्कु प्रहार गरी महिलाको हत्या

२ असोज, काठमाडौं

बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक डीएसपी तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिनेटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले ३९ वर्षीया मीना थारुको हत्या गरेका हुन्।

मीनाका श्रीमान वैदेशिक रोजगारीमा विदेशमा रहेको प्रहरीको भनाइ छ। मीना र पप्पुको एक गाडीमा शेयर रहेको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडी चालक मीनाको घरमा आएपछि दुईबीच विवाद भएको थियो। त्यसपछि पप्पुले चक्कु प्रहार गरेर हत्या गरेका थिए।

हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation