श्रमजीवी पत्रकार संघका अध्यक्ष जैसीलाई ‘अग्रज पत्रकारिता पुरस्कार’

७ असोज, काठमाडौँ

प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेलेको भूमिकाको उच्च कदर गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गरिएको छ । आइतबार राष्ट्रपति भवनमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जैसी अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

विभिन्न सञ्चार प्रतिष्ठानमा आवद्ध रहेर त्यस क्षेत्रको विकास र राष्ट्र निर्माणमा पुऱ्याएको योगदान सबैका लागि अविष्मरणीय र अतुलनीय रहेको प्रेस काउन्सिलकाे निर्णय बमोजिम नेपालले जैसीलाई सम्मान गरिएको हाे ।

 

‘पिता जक्तिराम जैसी र माता अम्रिता जैसीको कोखबाट कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा न १ लुसामा जन्मिएका जन्मदेव जैसी सरल, दृढ आत्मविश्वास र कठाेर संघर्षले काम गर्ने श्रमजीवी पत्रकार र उत्पीडित मिडिया हाउसका अब्बल नेता हुन् ।

हरेक काममा अत्यन्तै निष्ठा र समर्पणका साथ लाग्ने जैसी नेपाली पत्रकारपताकाे क्षेत्रमा विगत ३ दशकदेखि क्रियाशील छन् ।

पत्रकारिता क्षेत्रमा सक्रियतापूर्वक लागेर नेपाली नागरिक समाजमा आफूलाई निष्ठापूर्वक समर्पित गराउँदै आउनु भएको जैसीले पत्रकारिता क्षेत्रको माध्यमबाट आम श्रमजीवी पत्रकार र नागरिक खबरदारीमा सक्रिय भूमिका खेलिरहेकाेले उनकाे प्रेरणादायीकाे हरतरहले उच्च प्रसंशा हुँदै आएको छ। पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै काउन्सिलले सम्मानले आफुलाई थप हाैसला र प्रेरणा मिलेकाे जन्मदेवले बताएका छन् ।

याे सुखद क्षणमा हामी हाम्रो समस्त मिडियाका तर्फबाट पनि जैसीजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनहरुका थप उच्च सफलताको कामना गर्दछाैँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation