निर्माण व्यवसायीले गरे लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात

लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्।

उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन्। सदस्य सचिव शाक्यको मुखमा चोट लागेको कोषका प्रेस विज्ञ विनोद परियारले जानकारी दिए ।

केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।

उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएकाले सुरक्षाको माग गरे । समितिका सभापतिमा सोनाम गेल्जेन शेर्पाकै अगाडि आक्रमण भएको हो।  बैठक चलिरहेकै बेला आक्रमण भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation