टर्की पठाइदिन्छु भनी ७ लाख ठग्ने व्यक्ति पक्राउ

९ असोज, काठमाडौं

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लीलाबहादुर खड्का छन्। उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।

लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बाफलबाट पक्राउ गरेको हो।

पक्राउ परेका खड्कालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation