प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकारबीच भेटवार्ता

१० असोज, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच  न्युयोर्कमा भेटवार्ता भएको छ।

न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन पुगेका दक्षिण एसियाका दुवै सरकार प्रमुखबीचमा पहिलो पटक साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो।

युनुस बंगलादेशमा सत्ता परिवर्तन भएपछि अन्तरिम सरकारका प्रमुख सल्लाहकार बनेका हुन्। त्यसपछि नेपाल र बंगलादेशका सरकार प्रमुखहरूबीचमा पहिलो पटक भेटवार्ता भएको हो। भेटका अवसरमा दुई मुलुक बीचको सम्बन्धमा बारेमा छलफल भएको थियो।

न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार ओली र युनुसबीचको छलफल ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदान–प्रदान, शैक्षिक सम्बन्ध तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय फोरमहरूमा सहकार्यमा केन्द्रित रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation