फरार अध्यक्ष देवकुमार दिल्लीमा पक्राउ!

facebook sharing button
११ असोज, पोखरा

इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् ।

सहकारीको समस्या सिर्जना भइसकेपछि पनि बचत रकम फिर्ता गर्ने सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने १२ माघ ०८० मा रेड नोटिस समेत जारी भएको थियो ।

देवकुमारले भने आफ्नो घरजग्गाबाट बचत रकम फिर्ता गर्ने भन्दै भिडियो सन्देश तथन विज्ञप्ति जारी गरिरहे । सहकारीको रकम आफूले घरजग्गामा लगाएको र त्यो बेचेर फिर्ता गर्ने दाबी छ । बागलुङ र पोखराका सहकारी पीडित संघर्ष समितिका पदाधिकारीसँग पनि कानुनी सल्लाहकारमार्फत सम्वाद गरेका थिए ।

सहकारीको कम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समिति बनाएपनि हुलाकबाट पत्र पठाउँदै आफू बचत रकम फिर्ता गर्न तयार रहेको दाबी गरेका थिए ।

भारतमा पक्राउ परेका देवकुमारलाई नेपाल ल्याउने पक्रिया चलिरहेको प्रहरीले जनाएको छ । यससँगै आफूहरुको समस्या समाधान हुनसक्ने आश जाथगेको इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्की बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation