त्रिविको रजिष्ट्रार कार्यालयमा तोडफोड

१७ असोज, काठमाडौँ 

त्रिभुवन विश्वविद्यालय(त्रिवि)को रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ।

हिजो अनेरास्ववियुले जल तथा मौसम विभागको लेखा शाखाको कर्मचारी सरुवा नगरिएको भन्दै कार्यालयमा तोडफोड गरेको बुझिएको छ। कार्यालयको अफिसको कुर्सी पनि फालिएको छ। कुनै टेबलमाथि फालिएको छ। तोडफोड हुँदा सिसा पनि फुटेको छ।

त्रिविका विद्यार्थीले भने, ‘अनेरास्ववियुले एउटा विभागको लेखा शाखाको कर्मचारी सरुवा नगरेको भन्दै रजिष्ट्रार अफिसमा तोडफोड गरेको छ। याे लाजमर्दो विद्यार्थी राजनीति भयाे।’

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले यसरी कार्यालयमा तोडफोड हुनु दु:खद रहेको बताउँछन्।

‘अहिले बाढीपहिरोको विपत्तिका वेला जाेसुकै विद्यार्थी नेताहरूले यसरी तोडफोड गर्नु दु:खद हो। केही समस्या अथवा काम भए छलफलबाट समाधान गर्नुपर्छ’‚ उनले भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation