
२१ असोज, काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका छन् । सिंहदरबारस्थित दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोटगीसहित ६ जना रहेका छन् । उनीहरू बाढी पीडितहरूका लागि राहत व्यवस्था गर्न माग गर्दै सिंहदरबार गेटमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको सो पार्टीले जनाएको छ । सो पार्टी केही समयअघि मोहन वैद्य समूहबाट फुटेर नयाँ गठन भएको हो ।