आयोगद्वारा रोयल्टी बाँडफाँटको वर्तमान व्यवस्था पुनरावलोकन गरिँदै

२१ असोज, काठमाडौं 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गर्न अपनाइएको वर्तमान व्यवस्थालाई पुनरावलोकन गर्न थालेको छ ।

सो प्रयोजनका लागि आयोगले सरोकारवालासँग सुझाव मागेको छ । विभागले आफ्ना सुझावहरु २३ कात्तिकभित्र पठाउन भनेको छ ।

अहिले प्राकृतिक स्रोतको रोयल्टीमध्ये ५० प्रतिशत संघ र २५/२५ प्रतिशत प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण हुने व्यवस्था रहेको छ ।

रोयल्टी बाँडफाँटको यो अनुपात हरेक ५/५ वर्षमा पुनरावलोकन गर्न नेपाल सरकारलाई आयोगले सिफारिस गर्ने र सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सो व्यवस्था हेरफेर गर्ने व्यवस्था रहेको छ ।

पुनरावलोकनका सम्बन्धमा आयोगले समेत अध्ययन गरिरहेको बताएको छ । आयोगका अनुसार अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ७ सँग सम्बन्धित अनुसूची ४ बमोजिम सम्बन्धित प्रदेश र स्थानीय सरकारले प्राप्त गर्ने रोयल्टी आयोगले निर्धारण गर्ने व्यवस्था छ ।

आयोगले तय गरेको आधार (सूचक) र ढाँचा (भार) समेतको पुनरावलोकन गर्ने सम्बन्धमा समेत अध्ययनको काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation