विद्यार्थीलाई चिट्ठी !

प्रिय विद्यार्थी भाइ बहिनीहरु,

आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलिको हार्दिक मङ्गलमय शुभकामनाको साथमा मिठो माया ल ।
तिमी हामी दशैको शुभकामना आदान प्रदान गरेर छुट्टीएको पनि आज सात दिन भएछ खै किन आज आँखा तिमीहरुको तस्बिरले तान्यो, मनले प्रेमका छालहरु तरंगीत गर्यो ,भावनाका लहरहरु एकाएक लहरीन थाले अनि यो मनले तिमीहरुलाई चिठी नलेखी सुख्खै पाएन ।

प्यारा भाइ बहिनीहरु नेपालीहरु को महान चाड वडादशैको मधुर सुगन्ध त असोज लाग्दा बित्तैकै मन्द मन्द रुपमा सहर , गाउँघर ,कुना कन्दरा जहाँ तहि फैलने गर्छ नै ! सहरमा भन्दा पनि गाउँ घर ,पानी पधेरो ,बन जङ्गलमा अझ बढी चर्चामा आउने गर्छ दशैं ।
तिमीहरु को गाउँ घरमा पनि सायद दशैको माहोल रनक्क रन्किन थालेहोला छिमेकमा लाहुरे आए होलान् तिमीहरुका पनि बाबा दाजु आउनु भए होला शहर पढ्न गएका छिमेकीका छोराछोरी पनि आए होलान् । घरमा आमाले राखेका जमरा पनि हलहल हल्किरहेका होलान् दशैलाई पर्खिरहेका होलान् विद्यालय बन्द भएसँगै दशैको किनमेल सुरु भएहोला । कोतमा उपासना बसेका उपासुहरुले क्षितिज चियाउँद दुज पनि हेरेहोलान् । साँझ बिहान आरती गर्दा दमाई दाईहरुले पन्चेबाजा बजाउँदा घनक्क गाउँघर घन्किए होला , बाहुन बाजेले कोतमा दुर्गाको आरधना गर्दा बालेको धुपौरोको सुन्दर सुगन्ध शरदले गाउँघर सम्म पुर्याए होला ।
हुनेलाई दशैं नहुनेलाई दशा भन्ने चलन पनि छ गाउँघरमा । प्यारा भाइ बहिनी आफ्नो घरमा जे छ जस्तो छ त्यसैमा खुशी हुनु बाआमाको मनोभावना बुझ्नु कुनै पनि बाआमालाई छोराछोरीको आवश्यकता पूरा गरिदिने ईच्छा नभएको कहाँहोर तर हरेक बाध्यता र परिस्थितिले गर्दा सबै आवस्यकता पूरा गर्न कठीन पर्छ एक त बाआमा आफै छोराछोरीको आवस्यकता र रहर पूरा गरिदिन नसकेकोमा दु:खी बनेका हुन्छन् नै ।

हेर भाइबहिनीहरु कुन बाआमाको रहर हुदैन र छोराछोरीको रहर पुरागरिदिने तर हरेक कुरालाई व्यस्थापन गर्दै जादा कतिपए मागहरु तिम्रा रहरहरु किन्न सकेका हुदैनन् , पुरागर्न सकेका हुदैनन् , माग पूरा गर्न नसकेकोमा तिम्रा हरेक रहर किनिदिन नसकेकोमा तिमीहरुले नदेख्ने गरी दु:खी बनिरहेका हुन्छन् । त्यो वेला बाआमाको मुहार हेरेर सामान्य वातावरण तयार गर्दै तिमीहरुले हरेक परिस्थितिलाई सामान्य बनाउन तर्फ लाग्ने छौं भन्ने मैले विश्वास लिएकी छु , हरेक परिस्थितिलाई सामान्य बनाउँदै बाआमाको मन जित्नु असल सन्तानको पहिचान हो ।
तिमीहरुले यो भएन त्यो भएन भनेर बाआमाको सामु मलिन मुहार नलगाउनु तिमीहरुको ईच्छा दबाउनु पर्दा त्यो भन्दा सयौं गुणा बाआमाको मन मलिन भएको हुन्छ । परिवार सँगैबसेर दशैंमा रमाउन पाउनुको मज्जा बेग्लै हुन्छ त्यो कुरालाई नै पहिलो प्राथमिकतामा राख्नु । राम्रो नानालाई दोश्रो स्थान दिनु । हुने खानेलाई त हरदिन दशै हुन्छ तर सामान्य परिवारलाई त दशानै हुन्छ । आफ्नो जे जस्तो छ त्यस्तै खाएर त्यस्तै लगाएर खुशीको माहोल निर्माण गर्ने नै छौं भन्ने मैले आशा लिएकी छु ।
मेरा प्यारा साथीहरु बाआमाको मुहार मलिन हुन नदिनु आफ्नो जे जस्तो छ त्यसैमा खुशी रहनु , फलानोले यस्तो लगायो त्यस्तो लागायो भनेर बाआमालाई नसताउनु तिमी यस्तो बन्नु कि बाआमाले तिम्रो मुखमा हेर्दा सन्तोषले सास फेर्न सकुन मेरा छोराछोरी बुझ्ने भएछन् भनेर गर्व गर्न सकुन । बाआमाको खुशी भनेकै छोराछोरी हुन् तिमीहरु खुशी हुँदा बाआमाको मन यसै फुरुङ्ग हुन्छ सपनाको सुन्दर संसारमा पङ्ख फिजाएर नाच्न थाल्छ , तिमीहरु दु:खी बनेको देख्दा मन यसै यसै ओईलाएर जान्छ त्यसैले बाआमाको शक्ति हामी सन्तान हौं बाआमालाई मलिन हुन दिनुहुदैन भन्ने बुझेर घरमा सुन्दर वातावरण तयार गर्नु । हुन त हरेक कुराको रहर गर्ने , राम्रो राम्रो लगाउन मन लाग्ने उमेर त चौध पन्ध्र नै हो । छ मिल्छ भने मज्जाले लगाउ यदि कम छ अपुग छ भने दु:खी पनि नबन जे जस्तो छ त्यसैमा रमाउ “आखिर मान्छे कपडामा विश्वास गर्छ तर संसार छर्लङ्ग छ” खुशी रहनु नै जीवन जिउने सबै भन्दा ठुलो अस्त्र हो भन्ने कुरालाई सम्झेर घाँटी हेरी हाड निल्ने कुराको मुल मन्त्र सम्झेर दशै मनाउनु ,मज्जाले रमाउनु ,भरपुर आनंदलिनु, खुशीको माहोल सृजना गर्नु ,आफू पनि हास्नु बाआमा परिवार छिमेकीलाई पनि हँसाउनु भन्दै पुन तिमीहरुलाई नव दुर्गाले रक्षा गरुन् तिमीहरुको परिवारमा सुख सान्ती प्रदान गरुन् भन्दै ओझेल पर्दछु तिमीहरुलाई माया गर्ने तिम्रो मायालु साथी
सानु गुल्मेली
२०८१/६/२३
बालेन शहर काठमाण्डौंबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation