
भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ।
शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा कैयौँ राउण्ड गोली हानेर उनको हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
छोरा जिशानको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको बताइएको छ। मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ। आरोपित एकजना हरियाणा र एक उत्तर प्रदेशका हुन्।
सिद्दिकीले करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका थिए। यसै वर्षको फेब्रुअरीमा कांग्रेस छोडेर एनसीपी (अजित पवार पक्ष) मा सामेल भएका थिए।