एक थुनुवा प्रहरी हिरासतमा मृत फेला

३ कार्तिक, काठमाडौं 

चितवनको प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत भेटिएका छन्।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका ४५ वर्षिय भारतीय नागरिक महमद क्यामोदिन आज बिहान पौने ५ बजे शौचालयमै मृत अवस्थामा फेला परेका हुन्।

उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। आपराधिक लाभ कसुरको मुद्दामा थुनामा रहेका उनीविरुद्ध कात्तिक १ गते मात्रै पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation