छविलाल जोशीलाई आज पोखरा लगिँदै

७ कार्तिक, बुटवल 

पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले अहिले साँढे १२ बजेको फ्लाइटमा लैजाने रातोपाटीलाई बताए ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले  कास्कीबाट जोशीलाई भैरहवा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation