आजदेखि रास्वपाको आन्दोलन काठमाडौं केन्द्रित

९ कार्तिक, काठमाडौं 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

कास्कीको मात्रै आन्दोलनले खासै उपलब्धि नहुने र त्यहाँ सहकारी पीडितबाटै घेरिन थालेपछि रास्वपाका नेता कार्यकर्ता केन्द्रबाटै दबाव दिन भन्दै काठमाडौं केन्द्रित हुन थालेका हुन्। सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले आज दिउँसो १ बजेदेखि काठमाडौंको माइतिघर मण्डलामा प्रर्दशन गर्ने जनाएको छ।

हिजो मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

हिजै रुपन्देही जिल्ला अदालतले पनि लामिछानेसहित १२ जनालाई सहकारी ठगी आरोपमा पक्राउका लागि अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation