आज यी प्रदेशमा वर्षाको सम्भावना

२१ कार्तिक, काठमाडौं 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation