एमाले सचिवालय बैठक सुरु

२४ कात्तिक, काठमाडौं 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ ।

शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।

एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation