२८ लाख ठग्ने दुईजना पक्राउ

२५ कार्तिक, काठमाडौं 

वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा  रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ पक्राउ परेका छन्।

यस्तै  क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ का गोकर्ण पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जनाबाट १९ लाख ७० हजार र पराजुलीले आठ लाख १७ हजार रुपैयाँ ठगेका थिए।

अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation