पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
पारिवारिक स्राेतका अनुसार फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे ८३ वर्षको उमेरका उनको निधन भएको हो ।
अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।