दुर्गा प्रसाईं पक्राउ !

४ मंसिर, काठमाडौं 

दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।  सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई  साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए।

गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गर्न आदेश दिएको थियो। ​दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका थिए।

प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो।

उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation