यस्तो छ आजको मौसम पूर्वानुमान

६ मंसिर, काठमाडौं 

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation