दाङमा धान उत्पादन १० प्रतिशतले वृद्धि

७ मंसिर, दाङ

गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ। यो वर्ष एक लाख ७८ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका  सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार १०८ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो। यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, यूएस ३१२ जातका धान लगाएका थिए। त्यससँगै स्थानीय रैथाने जातका धानका खेती पनि गरेका थिए।

जिल्लाको ३९ हजार ४०० हेक्टर जग्गा धानखेतीका लागि उपयुक्त भए पनि ३६ हजार ५०० हेक्टरमा मात्र धानखेती सीमित छ। किसानले धान रोप्ने खेतमा मौसमी र बेमौसमी सागसब्जी लगाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation