टिपरले ठक्कर दिँदा एकजनाकाे ज्यान गयाे, एक गम्भीर घाइते

१७ मंसिर, दाङ

दाङमा टिपरले ठक्कर दिँदा एकजनाकाे ज्यान गएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार साँझ करिब ८ बजेतिर घोराही उपमहानगरपालिका १० नारायणपुरको झारबैरा चोक नजिकै रा १ ख १२९१ टिप्परले रा ७ प ७४६ बाइकलाई ठक्कर दिदा तुलसीपुर १९ का १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको हो, भने तुलसीपुर १७ का २२ वर्षीय दिपक बस्नेत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरु दुवैलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता एवं सूचना अधिकारी डीएसपी ईश्वर थापाले जानकारी दिए।

प्रहरीले टिपर चालक घोराही ११ डोक्रेना बस्ने ४० वर्षीय जित बहादुर चौधरीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation