ललितपुरको विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरी गरेको आरोपमा समूहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ घर भइ काठमाडौं भोटेबहाल बस्दै आएका २५ वर्षीय हिमाल रसाइली र डडेलधुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोबहादुर थलाल छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।
त्यसपछि अनुसन्धानमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । हाल पक्राउ परेका रसाइली यसअघि ८ पटक चोरी मुद्दामा र ५ पटक अभद्र व्यवहारको कसुरमा गरी १३ पटक मुद्दा चलेका व्यक्ति रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
त्यसैगरी थलालविरुद्ध यसअघि काठमाडौंबाट १ पटक चोरीको कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीहरूबाट २६ थान चोरीका ल्यापटप प्रहरीले बरामद गरेको छ ।