माओवादी पार्टी शोषक विरुद्ध शोशितलाई एकजुट बनाएर निर्णायक संघर्ष गर्न जन्मिएको हो । वास्तविक परिस्थितिको मूल्याङ्कन र तथ्यको सही विश्लेषण सहितको अभिव्यक्त गर्ने कला जुन राजनीतिमा हुन्छ, त्यो राजनीति सफल हुन्छ । विपक्षीले आफ्नो योजना नबुझ्ने तर विपक्षीका रणनीतिक योजनाको सूचनाको पहुँच राख्ने रणनीति अवलम्बन गरेकै कारण जनयुद्धको थालनी र जनयुद्धको अवधिमा बनाईएका रणनीतिक योजनाहरु सफल भएका हुन् । पार्टी भनेको आफैमा एउटा गतिशील प्रवाहमा बाँच्ने संस्था हो । एउटा जीवित पार्टीभित्र बहस, विवाद र अन्तरविरोध भइरहन्छन् ।
जबसम्म पार्टीहरु रहिरहन्छन् तबसम्म यसखालका विवादहरु रहिरहन्छन् । पार्टी भनेको विवाद, बहस, सङ्घर्ष, रुपान्तरण, गति, परिवर्तनको प्रवाहमा चलायमान हुन्छन्। निश्चित विचारधारात्मक दिशा, निश्चित राजनीतिक कार्यदिशा र निश्चित विधि पद्धतिको संयोजनको नाम नै कम्युनिष्ट पार्टी हो । त्यसैले नेपालमा कम्युनिष्ट पार्टी निकै लोकपृय छ । गत साउनमा माक्र्सवादी ज्ञानकेन्द्र रुपन्देहीले बाम घटकहरुकाबीच गरेको एक अन्तरक्रियात्मक कार्यक्रममा उठेका बहस र वक्ताहरुका विचारलाई एकिकृत गरी यहाँ प्रस्तुत गर्ने जमर्काे गरिएको छ ।
अहिले पार्टी एक व्यक्ति एक पार्टी जस्तो देखिएको छ । पार्टीमा कुनै अनुशासनको दायरा छैन । कुनै पनि पार्टीले कसैलाई पनि कुनै खालको कारवाही गर्न सक्दैेनन् किनकि हर पार्टीहरुमा व्यक्ति हावी कायम छ । यसको उदाहरणमा मधेश प्रदेश लाई हेर्दा हुन्छ । जहाँ एक व्यक्ति नै सिङ्गो पार्टी हो भत्रेखालको प्रवृत्ति देखापरेको छ । पार्टीमा हामी होइन कि म प्रवृतिले सिंगो पार्टीलाई ठुलो क्षती पुगेको महसुस गरिएको छ । त्यसैले त माक्र्सवादीहरुको अझ त्यसमा पनि माओवादीको अवस्था दिनानुदिन खस्कदो अवस्थामा गइरहेको कसैसंग छिपेको छैन । पार्टीलाई थप क्षति हुनबाट बचाउनका लागि व्यक्तिगत तवरबाट नभई सामुहिक तवरबाट अगाडि बढ्नुपर्दछ । पार्टीले समय र अवस्थालाई चित्रुपर्दछ र सोही बमोजि नीति तथा कार्यनीति बनाउनु आवश्यक छ । माओवादी जनयुद्ध पछि पार्टी किन फुट्यो ? छित्रभित्र किन भयो ? यसको बारेमा अनुसन्धान गर्ने कि नगर्ने ? गर्ने हो भने कहिले ? कसले र कसरि गर्ने ? किन गर्ने ? यसका आधारहरु के हुने ? वैचारिक संघर्ष भनेको के हो ? पार्टी किन फुट्यो ? के उपलब्धिका लागि जुट्ने ? जुट्ने हो भने किन ? र के का लागि ? के जनयुद्धले उठाएका सबै मुद्धाहरुलाई समेट्न सकिऐको छ ? विक्रम सम्बत २०६२÷०६३ देखि करिब १६ –१७ वर्षसम्म निरन्तर माओवादी यो वा त्यो रुपमा सरकारमा समावेश भएको छ । के जनयुद्धले उठाएका विषयवस्तुहरुलाई कार्यान्वयनमा लगियो ? लगियो भने कति हदसम्म ? पार्टीमा युवा पुस्ताको विकर्षण किन भयो ? युवाहरुमा पार्टीप्रति किन वितृष्णा पैदा भयो ? पार्टीले स्थापित सैद्धान्तिक आधारशीला तयारीमा किन पछि प¥यो? हामी माक्र्सवादी कति अनुशासित छौं ? आज हामीलाई हाम्रो काम कार्वाही प्रति किन जनताले खिसिट्युरि गर्छन् ? माक्र्सवादले लैस भनिएका बाम पार्टीहरुले किन व्यवहारमा परिवर्तन गर्न सकेनन् ? अनि कसरी समाजवादी क्रान्ति सफल हुन सक्छ ? हाम्रो पहिचान छोडेर कसरि महान बन्यौं त ? नयाँ युवापुस्तालाई हामीले कसरी समावेश गराउने ? यी गम्भीर सवालहरुमाथि व्यापक बहस र निचोड निकाल्न निकै ढिला भएको छ । हामी अहिले परामिडमा हिडिंरहेका छौं यसलाई सुल्टो बनाएर हिड्ने प्रयास गर्नुप¥यो । समाज र समाजको वर्ग विश्लेषण गरेर सबैलाई एकताबद्ध गराउने प्रयाउ गर्नुप¥यो । कम्युनिष्टहरु नैतिकवान हुनुपर्नेमा अहिले कसैमा नैतिकता देखिंदैंन । सबैले नैतिकता बेचेर खाइसके। हामीले जनतालाई कुन नैतिकताको पाठ कसरि सिकाउने? आजको युगमा नैतिकवान र स्वाभिमानी कम्युनिष्टलाई लालटिन बालेर खोज्नु पर्ने अवस्था आएको छ । यस्तो अवस्था कसरी र कसको कारणले आयो ?
स्वतन्त्र ज्ञानले माक्र्सवाद ल्याउँछ । एकतामा समावेश भएका सबै कुहरुलाई व्यवहारिक रुपमा घटक छुट्टाउने गरिने प्रवृत्तिलाई दुरुत्साहीत गरी ठोस वस्तुको ठोस विश्लेषण गरी समाजवादी क्रान्ति ल्याउन सकिने खालबाट अग्रगामी दस्ता निर्माण गर्नु र कार्यान्वयनमा लैजानु नै आजको आवश्यकता हो । जुन निकै ढिला भैसकेको छ। संविधान जारी भएको एक दशक पुग्न थालिसक्दा पनि संविधानले परिकल्पना गरेको समाजवादको बारेमा कुनै पनि तयारी भएको छैन । सबल नेतृत्व वर्गको अभाव र नेतृत्व वर्ग सक्षम भए युवापुस्तालाई वाइपास नगरेर जानुपर्छ। श्रमविना उत्पादन हुँदैन । उत्पादनलाई श्रमसँग जोड्नुपर्छ हाल प्रदेशहरुको व्यवस्थापन सही ढंगबाट हुन सकेन । भावनात्मक र मनोविज्ञानात्मक एकता गर्नु आजको वामपन्थी एकताको आवश्यकता हो । जनयुद्धको उद्देश्य के थियो ? जनता र कार्यकर्ताले वलिदान दिए तर नेतागणबाट विपरित भयो। पार्टीबीच एकता किन र केका लागि ? सामुहिक नभई व्यक्तिगत पूँजी संकलनमा लिप्त भएर पार्टी विभाजन भएको हो । आज पश्चिमा देशहरुबाट भएको हेपाहा प्रवृत्तिलाई छलफल र विरोध गर्नुपर्दछ । यस विषयमा पटक–पटक नेतागणलाई सामेल गराएर वाम आन्दोलनका बिच व्यापक अन्तक्र्रिया गर्नु आवश्यक छ । हाम्रो मुख्य दुस्मन भनेको पुँजीवादी सामन्तवाद हो । आज माक्र्सवाद सिकाएको पाठको ठिक विपरित वामपन्थीहरुले व्यवहार देखाएका छन्। मुल समस्या के हो ? विचार र दृष्टिकोणलाई समाधान र व्यवस्थापन गर्न सकिएन भने भताभुङ्ग हुन पुग्छन् ।
गुट र उपगुटका कारण पार्टी कमजोर भएको मात्र नभई व्यक्तिगत स्वार्थ र पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू हाबी हुँदा पार्टीमा विधान र विधि पद्धतिलाई अवलम्बन नगर्ने प्रवृत्ति हावी भयो जसको कारण पार्टी विभाजन हुन पुग्यो। पार्टी निर्माणका लागि निजी स्वार्थ केन्द्रित गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई दुरुत्साहित गर्दै वाम घटकहरुलाई नयाँ उचाइमा लैजाने प्रयास गर्नु आवश्यक छ । यसका लागि कार्यदिशा ठिक हुनुपर्दछ किनकि एकताको केन्द्रविन्दु भनेको नै कार्यदिशा हो । कार्यदिशा अनुरूप कार्यक्रम र कार्यनीतिहरूलाई कार्यान्वयन गर्ने मुख्यतः पार्टी सङ्गठनको भूमिका रहन्छ । परन्तुः पार्टी सङ्गठनको क्षेत्रमा जुन गतिमा अगाडि बढ्नुपर्दथ्यो त्यस रूपमा अगाडि बढाउन सकेन । पार्टीमा व्यक्तिगत स्वार्थ, पद–प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो । त्यसले गर्दा निजी स्वार्थ समूहहरूको गुट– उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखापर्न थाले ।
माओवादीे पार्टीलाई एकतावद्ध गर्दै नयाँ उचाइमा पु¥याउन समान विचार मिल्ने अन्य वाम घटकहरूसँग पनि वामपन्थी ध्रुवीकरण तथा बृहत् कम्युनिस्ट पार्टी एकतामा जोड दिनुपर्दछ । तत्काल पार्टी एकता हुन नसकेका अन्य वाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिइएको छ जसलाई सकारात्मक मात्रु पर्दछ । वामपार्टीहरुको संगठनमा देखिएका निजी स्वार्थ केन्द्रित गुट–उपगुटहरू लगायत संगठनात्मक समस्याबारे खुलेर बहस चलाउनुपर्दछ । पार्टीलाई बलियो बनाउन गुटबन्दीको अन्त्य गरी विधि र पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्ने जसले पार्टीलाई सहि गति दिन सकिन्छ । माओवादी पार्टीभित्र दुई लाइन सङ्घर्ष कुनै नयाँ विषय होइन । तर दीर्घकालीन रूपमा समस्याको व्यवस्थापन र समाधानमा नेतृत्वले ध्यान नदिँदा पटक पटक पार्टी विभाजन भएको यथार्थता कतै लुकेको छैन । पार्टीको गुटबन्दीलाई निरुत्साहित तुल्याउनु पर्दछ । ‘शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो वर्गसँग सम्बन्ध कमजोर हुंदै जानु र दलाल पुँजीपतिसँग सम्बन्ध बलियो हुनुले पार्टीलाई गतिहिन अवस्थामा पु¥याउन मलजल पुग्यो । पार्टीभित्रको अन्तरसंघर्षमा पनि अवसरवादी, स्वार्थ समूहको गुटबन्दी हाबी भयो । यसले पार्टीमात्र नभई माओवादी आन्दोलन नै कमजोर भयो । नेताहरूको अवसरवादी सोच तथा माओवादी विरोधीहरूसँगको उठबसले पार्टी ठिक ठाउँमा नउभिएको विश्लेष्कहरुको बुझाई ठिक छ । माओवादी विरोधी, दलाल नोकरशाही पुँजीपतिहरूसँग उठबसले पार्टी बन्न नसकेको तथा पार्टीभित्र देखिएका गुटबन्दी र स्वार्थ समूहका कारण पार्टी नै विघटन गर्नुपर्ने अवस्थामा पुगेको स्थिति विद्यामान छ । विक्रम सम्बत् २०६३ को शान्ति सम्झौताबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको माओवादी गुटबन्दीकै कारण १८ वर्षमा झन्डै आधा दर्जन टुक्रामा विभाजित भइसकेको छ । माओवादीहरु टुटफुट भएका पार्टीहरुबिच छलफल र अन्तक्र्रिया हुनुपर्छ । सो कार्यक्रममा कम्युनिष्टहरुको लागि मुख्य शत्रु भने कै पद र प्रतिष्ठा भएको कुरा जोडतोडका साथ अभिव्यक्त गरिएको थियो ।
मेरो बुझाइमा माक्र्सवादी ज्ञानकेन्द्रले आफ्नो दायरालाई अलि फराकिलो बनाउनुप¥यो । यसले जनता र बन्दुक मिलाउने गरी आफुलाई रुपान्तरण गर्नुपर्दछ। यसले एकता–संघर्ष–रुपान्तरणको सुत्रलाई अबलम्बन गरी टुटफुट र विभाजनमा रहेका पार्टीहरुलाई उद्देश्य एकै हो भने हामी किन अलगअलग बस्ने ? यसको औचित्य पुष्टि गर्न गराउनमा विशष पहल गर्नुपर्दछ । किनकि समाजवादी क्रान्ति मार्फत प्राप्त राजनीतिक उपलब्धिलाई सुरक्षित गर्दै एकताको अभियानलाई वृहत बनाउँदै लैजानु आजको नेपाली जनताको चाहना र देशको आवश्यकता भएको छ । यसका लागि एक अर्कामा आलोचना आत्मालोचना गर्ने पद्धतिको विकास गरिनु पर्दछ । माक्र्सवादी ज्ञानकेन्द भनेको “समाज रुपान्तरणको पाठशाला हो जसले सिक्ने र सिकाउने अभियान”चलाएको छ । त्यहि अनुसार माक्र्सवादी ज्ञानकेन्दले अहिले ७ वटा अनुसन्धान समूह बनाएका छ । ती सातवटा अनसन्धान समुहहरुमा आर्थिक,सामाजिक,राजनीतिक,विज्ञान,सांस्कृतिक,दर्शन र इतिहास विषयहरुलाई समावेश गरिएको छ । यस ज्ञानकेन्द्रले कम्युनिष्ट पार्टीमा त्याग,बलिदानी र संघर्षका व्यथाहरु विसाउने चौतारीको अभावलाई पुरा गर्ने आशा लिइएको छ ।
नेपालका कम्युनिष्टहरुमा सुद्धिकरण गरिनु आवश्यक छ किनकि उनीहरु पुँजीवादी रोगले ग्रसित भएको हुँदा एकतामा बाधा सृजना भएको छ । यसमा विचार मिल्नेहरुबिच एकता हुनुपर्दछ । यसका लागि पुँजीवादी रोगको उपचार गर्नु नितान्त आवश्यक छ । यहाँ इतिहासको खोजी भएको छैन । कार्यकर्ताको इतिहास कसले खोजिदिने ? क्षमतावान कार्यकर्ता नेताका अगाडि किन पछि पारिएको छ ? यसको खोज अनुसन्धान हुनुपर्दछ । यसको खोजी र विरोध गरिनु पर्दछ । अन्यथा खाली खुरापाति भन्दा अरु केहि हुन सक्दैन । जनताका धारणहरुलाई आधार बनाएर बहसलाई विगतदेखि वर्तमानसम्म अध्ययन गर्नुपर्दछ । तर हामीमा भविष्यको चिन्ता नलिने गलत प्रवृतिलाईे जवरजस्त स्थापित गराउने गरिएको छ । नेपालमा आफ्नो सिद्धान्त र नीतिगतको मूल्याङ्कनको परिपाटी कुनैपनि राजनीतिक दलहरुले गरेका छैनन् । हालको राजनीतिक प्रणाली अस्थिरताको विजक संसदीय प्रणाली हो यो व्यवस्थाबाट कसैको बहुमत आउन सक्दैन। सामन्तवादलाई तह लगाउन वामपन्थी एकता अति आवश्यक छ । नेपालमा समाजवादी मोडल कस्तो हुनुपर्दछ ? भत्रे विषयमा बहस चलाउनु आवश्यक भएको छ । नेपाली मौलिक रुपमा नेपाली पनको समाजवादी मोडल हुनु आवश्यक छ । यसखालको मोडलको ढाँचा कस्तो हुने सोको बारेमा व्यापक रुपमा बहस र छलफल हुनु आवश्यक छ जसले देशमा राजनीतिक स्थिरता ल्याउन सकोस् ।
उक्त कार्यक्रममा सत्यको अन्वेषण गर्दा बितेका सबै कुराहरूलाई विर्सेर मात्र अन्वेषण गर्नुपर्छ भत्रे कुरा निकै जोडदार रुपमा उठुयो । कुनै पनि प्रकारको बहस चलाउँदा अतित मुखी नभई भविष्य मुखी भएर चलाउनुपर्छ। जुन बहस नयाँ पुस्ताका लागि जवाफदेहिता हुनुपर्छ । अहिलेसम्म कुनै पनि पार्टीहरू आफ्नो पार्टीको घोषित नीतिमा अडिग रहेका छैनन् । हामी आज २१ औं सताब्दीको गणतन्त्रमा चार सयवर्षभन्दा पुरानो संसदीय व्यवस्थालाई अङ्गीकार गरिरहेका छौं । के यहि हो त कम्युनिष्टहरूले रोजेको गणतन्त्र । हामीले प्राप्त उपलब्धिको रक्षा गर्दै यो भन्दा अग्रगामी पाईला चाल्नुपर्दछ । आर्थिक, सामाजिक र सांस्कृतिक विशेषता सहितको समाजवाद नै वाम एकताको बलियो आधार हुन सक्छ । संविधानले परिकल्पना गरेको समाजवादको प्रस्थान विन्दुलाई अंगिकार गरेपछि मात्र हामी हाम्रै नेपाली मोडलको समाजवादमा पुग्न सक्छौं । हामीले हामीमा पलाएको निराशालाई आशामा परिणत गर्नु पर्दछ । यसका लागि हामी माओवादीहरुलाई अपराधीकरण गर्नतर्फ उद्दत रहेका तत्वहरूलाई निस्तेज पार्नु नितान्त जरूरी छ। कम्युनिष्टको इतिहास गुमनाम छ के साँच्चै संसदीय गणतन्त्र नै संविधानले परिकल्पना गरेको समाजवादको आधारशीला हो त ? जस्ता प्रश्नको जवाफमा सबै नेपालीले खोजी गरेका छन् ।
हामी अहिले भनेका छौं कि हामी समाजवादको तयारीमा छौं । समाजवाद तिरको सामाजिक न्याय र समृद्धि तिरको यात्रामा छौं । समाजवादको मोडेल यही हो भत्रे हुंदैन जस्तैः चीन, कोरिया, भियतनाम, क्युवामा आ–आफ्नै शैलीबाट प्रयोगमा ल्याइरहेका छन् । त्यसैले के भत्र सकिन्छ भने समाजवादको एउटा कुनै निश्चित यस्तै मोडेल भत्रे हुंदैन । हाम्रो देशको ऐतिहासिक विकास क्रम, आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक पक्षको आधारमा मात्र नेपाली समाजवादको मोडलको ढाँचा निर्धारण गरिनु पर्दछ । यसका लागि वाम पार्टीहरुकाबीच भिषण छलफल र बहस चलाउनुपर्दछ । समय गतिशील हुने भएकाले समयको गतिमा आउने परिवर्तनले समेत समाजवादको मोडलको ढाँचा तय गर्नमा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसकारण अब हामीले समाजवादको मोडललाई कतै कुनैपनि किताबको पानामा खोजेर पाउन सक्दैनौं । हामीले हाम्रै समाजबाट,जनताको चेतनास्तरबाट र हाम्रो आफ्नै सङ्घर्षको अनुभवबाट त्यसको सार निकालेर हाम्रो नेपाली मोडल यस्तो छ है भनेर बताउन सक्नु्पर्दछ ।
निरन्तरतामा क्रमभंगता र क्रमभंगता सहितको निरन्तरताको संयोजनबाट नै नेपाली समाजको अग्रगमनको नयाँ बाटो निर्माण गर्नु नै नेपाली मुलको समाजवाद मोडल हो भत्र सकिन्छ । त्यसकारण विरोधका लागि विरोध गर्ने संस्कृतिको अन्त्य गर्नु नै आजको नेपाली समाजको माग र नयाँ नेपाल निर्माणका लागि आवश्यक सर्त हो । जसका लागि जनताको चेतनाको स्तरमा सुधार ल्याउन जरुरी छ । नेपाली जनताको चेतना स्तरमा सुधार नभएसम्म सामाजिक रुपान्तरणको कल्पना समेत गर्न सकिंदैन । फलस्वरुप हाम्रो संविधानले परिकल्पना गरेको समाजवादमा हामी पुग्न असफल प्राय हुनेछौं । यहाँ मलाई एउटा कुराले निकै पिरोली रहेको छ राजा महेन्द्रले संसदीय व्यवस्थाको विरोध गर्थे र प्रचण्डले पनि संसदीय व्यवस्थाको विरोध गरेर यहाँ समानता भयो भत्रेहरुको जमात पनि नेपाली समाजमा ठुलै छ । के त्यसो हो भने उन्नत अग्रगामी राजनीतिक प्रणाली, राज्यको अग्रगामी पुनःसंरचना, बहुदलीय प्रतिस्पर्धाप्रति प्रतिवद्धता थियो त ? महेन्द्रले विरोध गरेको संसदीय व्यवस्था के राजा महेन्द्रको निर्दलीय पञ्चायती व्यवस्थामा थियो ? यसको जवाफ नेपाली जनताले खोजिरहेका छन् ।
कसैले हामीलाई अधिनायकवादी र कसैले निर्णयविहीन भनेर लगाउने गरेको आरोपलाई पनि हामीले चुपचाप सहेर बसिरहेका छौं । नेपालको संविधान २०७२ ले बहुजातीय र बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विशेषताहरुलाई आत्मसात गर्दै विविधताकोबीचको एकता सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने परिकलपना गरेको छ । राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सुशासन, शान्तिलाई स्थायित्व प्रदान गर्दै हामी दिन्छौं सुशासन,हामी दिन्छौ स्थिरता,हामी दिन्छौं विकास र समृद्धि । अहिले धेरै अलमल भइसक्यो भनेर हामी भनिरहेका छौं । धेरै ठूलो संघर्ष र बलिदानपछि हामी एउटा ऐतिहासिक नेपाल बनाउने अवसर जनतालाई परिणाम दिन जनताका निमित्त काम गर्नेगरी लुलो हातले नभई बलियो हातले काम गर्ने ठाउँमा हामी आइपुगेका थियौं तर ती सब अहिले निकम्मा हुन पुगेका छन् जसले जनतामा निराशा छाएको छ ।
समाजमा देखिएको द्वन्दलाई सम्बोधन गर्न सक्ने गरी राजनीतिमा नयाँ वैचारिक आधार निर्माण गर्नु आजको समयको माग र समाजको आवश्यकता हो । इतिहासको अध्ययन गरी वर्तमानलाई नियाल्दै भविश्यको परिकल्पना गर्नु नै वास्तविक नेपाली समाजवादको मोडल हुन सक्छ । जसमा समाजमा देखा परेका फरक–फरक विचारहरुलाई मन्थन गरेर नयाँ विचारको निर्माण गर्न सकिन्छ । सो विचारलाई समाज रुपान्तरणका लागि एक हतियारको रुपमा प्रयोग गर्नु अनि समाज र समयको माग अनुसार परिमार्जित र परिस्कृत गर्दै अगाडि बढ्न आफुलाई समाहित गराउन सक्ने क्षमता कुनै पनि राजनीतिक नेतृत्वमा हुनु जरुरी हुन्छ । संसदीय राजनीतिबाट जनयुद्धमा जान सक्ने, जनयुद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन ९ँगकष्यल० गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र,समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता विषयवस्तुलाई संविधानमा समावेश गराउनु पनि एक महत्वपूर्ण पक्ष हो ।
राजनीति नै सबै नीतिको मियो हो त्यसैले राजनीतिले सही दिशा र गति लिन सक्यो भने मात्रै त्यसले समग्र देशको विकास र समृद्धिमा सकारात्मक योगदान दिनसक्छ । राजनीतिमा असम्भव भत्रे कुनै कुरा हुँदैन । राजनीति भनेकै सम्भावनाको खेल हो । माओवादीले सञ्चालन गरेको युद्धले नेपाली जनमानसमा ठूलो प्रभाव पा¥यो । उत्पीडित जाति, वर्ग,क्षेत्र, लिङ्ग र समुदायमा अधिकारका लागि विद्रोह गर्ने, आन्दोलन गर्ने चेतना र जागरण लिएर आयो । संविधान र लोकतान्त्रिक गणतन्त्रको निर्माणमा सिङ्गो राष्ट्रलाई एक ढिक्का बनाउनमा माओवादीको भूमिका अहम् रह्यो ।
चुनाव जितेर सरकार बनेपछि पार्टीका नेताले धर्ती छाडे । जनताको भावना र आवश्यकतालाई कतैपनि बुझिएन । पार्टी विभाजन भएर न देशलाई फाइदा भएको छ न विभाजन हुनेलाई नै फाइदा भएको छ । यो देशको निमित्त परिवर्तनका लागि संघीय लोकतन्त्रलाई संस्थागत गरेर सफल पार्नका लागि समाजवाद तर्फको यात्रा अगाडि बढाउन सबै एकै ठाउँमा उभिनु जरुरी छ । सबै जुटेर नै नयाँ समाजवादको मोडेलको खोजी गरेर र कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाँइमा पु¥याउनु जरुरी भएको छ । हिमाल त्यतिबेला मात्र टल्किन्छ जतिबेला त्यहाँ सूर्यको प्रकाश चम्कन्छ । मानिसका योगदानले त्यतिबेला चर्चा पाउँछ जतिबेला जतिबेला ती योगदानहरुको प्रतिफल अरुले प्राप्त गर्न थाल्छन् । राजनीतिक प्रतिफल पाउनका लागि समाज विज्ञानको अध्ययन र बुझाइको गहिराइमा पुग्नु जरुरी हुन्छ । शारीरिक र मानसिक थकाइ भत्रे शब्दलाई बिर्सनु आवश्यक छ । राजनीतिमा हातखुट्टा गतिशील भएर मात्र हुँदैन समाजको अध्ययन, जनताको आवश्यकता र मस्तिष्क पनि त्यत्तिकै चलायमान हुनु जरुरी हुन्छ तबमात्र राजनीतिलाई उचाँइमा पु¥याउन सकिन्छ । एक करोडको बंगलामा बस्ने र ८० लाखको गाडी चढ्नेले आफ्नो घर अगाडिको खाल्टोमुनि कहिल्यै पनि एक ट्रीप गिट्टी खसाल्दैन बरु त्यो खाल्टो हेर्दै सरकारलाई नै गाली गर्दछ । आफैले फालेको केराको बोक्रामा चिप्लेर लड्नेले ऐनामा आफ्नो अनुहार हेर्दैन बरु कुनै अदश्य शक्तिलाई सत्तोसराप गर्छ । हामीहरु चिया पसलमा गफ गरेर,क्यारमबोर्ड खेलेर वा तास खेलेर वा मदिरालयमा बसेर दिनहुँ घण्टौं समय बिताउँछौं तर वर्षमा एक घण्टा पनि देशका लागि श्रमदान गर्नका लागि तयार हुदैनौं । देशभक्तिलाई हामी केवल वचनविलास वा भावुक कविता वा कोरा नाराको रुपमा लिएका छौं । देशभक्ति त देशका लागि हामीले गर्ने बौद्धिक,आत्मिक तथा भौतिक योगदान हो ।
माक्र्सवादी ज्ञानकेन्द्र रुपन्देहीले आयोजना गरेको बाम घटकहरुको चिया मिलन कार्यक्रम नेपालका बाम घटकहरुका लागि एकता गर्नका निमित्त एक आधार तयार गरेको छ । जुन कार्य रुपन्देहीले शुरु गरेको छ । यसमानेमा यो कार्यक्रम बाम एकताका लागि एक कोशेढुङ्गा सावित हुन पुगेको छ । यस केन्द्र यसखालका वृहत कार्यक्रमहरु सञ्चालन गर्दै नेपाली धर्तिमा टुटफुट र विभाजनमा रमाउन चाहने बाम नामधारी कम्युनिष्टहरुलाई एकै ठाउँमा गोलबद्ध गराउन अहम् भूमिका निर्वाह गरोस् । नेपाली मोडलको समाजवादको खाका तय गर्नका लागि विभित्र बामघटकहरुउच्च स्तरका नेताहरुलाई एउटै मञ्चमा राखेर वृहत अन्तक्र्रिया गराने कामको थालनि छिटो.गरोस् । हाम्रो संविधानले परिकल्पना गरेको नेपाली समाजवादको मोडल नेपाली जनतासामु प्रस्तुत गराउने कार्यमा निरन्तर लागिरहोस् ।